भुकम्पले कुन कलाकारलाई के गर्यो ?

...

बैशाख, काठमाडौं । गत बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले हजारौंको ज्यान लग्यो, कैयौं घाईते भए भने लाखौंलाई घरबार बिहिन बनाईदियो । त्यस्तै कलाकारहरु पनि भुकम्पको चमेटामा परेका छन् । भुकम्प पिडितहरुलाई राहत बाड्न कलाकारहरु बिभिन्न ठाउँमा पुगेपनि ति मध्ये केहि कलाकारहरुको पनि भुकम्पले घर लगेको भने कति घाईते भएका छन् । बैशाख १२ गते आएको भुकम्पले कुन कलाकारको के भयो ? पढौं ।

aritsts

हरिवंश आचार्य
कलाकार हरिवंश आचार्य बस्दै आएको बालकोटको एलपी अपार्टमेन्टको भित्ता चर्किएपछि बसाई सर्नुभएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आफु बस्दै आएको अपार्टमेन्टमा पहेँलो स्टिकर लगाईदिए पछि उहाँ नजिकैको अर्को भवनमा सर्नुभएको हो । हरिवंशका छोरा मोहितले कुपण्डोलमा सञ्चालन गर्दै आउनुभएको ब्रिक्स क्याफेको छानो पनि खसेको छ । कलाकार हरिवंश आचार्य यतिखेर राहत बितरण कार्यमा व्यस्त हुनुहुन्छ ।

करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मानन्धरको गोदावरीमा रहेको घर चर्किएको छ । अहिले पनि अभिनेत्री मानन्धर सोहि चर्किएको घरमा बस्दै आउनुभएको छ । अभिनेत्री करिश्मा मानन्धर पनि यतिखेर भुकम्प पिडितहरुलाई राहत बितरणमा व्यस्त हुनुहुन्छ ।

निता ढुंगाना
अभिनेत्री निता दुंगाना बस्दैआउनुभएको वेस्टर अपार्टमेन्ट चर्किएको छ । भुकम्पले आफुबस्दै आएको अपार्टमेन्ट चर्किए पछि अभिनेत्री ढुंगाना थप समस्यामा हुनुहुन्छ ।

सुरेश अधिकारी
संगितकार सुरेश अधिकारीको भुकम्पमा परी घाईते हुनुभएको छ । कुपन्डोल स्थित आफ्नै घरमा शनिबार बसिरहेको बेला आएको भुकम्पले एकतला माथि रहेको गमला खसेर देब्रे हत्केलामा लाग्दा टाँका लगाउनु परेको छ । त्यस्तै उहाँको काभ्रेमा रहेको दुई घर समेत भुकम्पले भत्काईदिएको छ ।

आयुष रिजाल
अभिनेता आयुष रिजालको पनि घर भत्किएको छ । धादिङको कसरपुरस्थित घर भत्कीए पनि परिवार सकुशल हुँदा यस्तैमा चित्त बुझाएको उहाँले बताउनुभयो । उहाँले ुहिफाजतु, ुगुरु दक्षिणाु, ुमेरो मनको साथीु लगायतका फिल्म मा अभिनय गनुभएको छ ।

त्यस्तै भुकम्पमा परी रंगकर्मि रामबाबु रेग्मीको पनि गोरखामा रहेको घर भत्कीएको छ । त्यस्तै छायांकार रामशरण उप्रेतीको पनि काभ्रे स्थित घर भत्केको छ । नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकमा घर भएका अधिकांश कलाकारहरुको घर भत्केको आर्टिस्ट खबरमा जानकारी हुन आएको छ ।