ममता राइले ल्याइन् पाँच गीत समावेश ‘ममता’

...

mamata rai new songपुस २१, काठमाडौं । ममता राईको ‘ममता’ एल्बम सार्वजनिक भएको छ । पाँच गीत समावेश ममता एल्बम भर्खरमात्र सार्वजनिक गरीएको हो । ५ गीत रहेको उक्त एल्मबमका गीतहरुमा ममताको साथमा संगीतकार बिनोद खम्बुको पनि स्वर सुन्न सकिन्छ ।

कृपा दिर्श्य डिजिटल प्रा.ली बाट बजार व्यव्स्थापनमा आएको सो एल्बममा ‘मेरो जीवनको ज्योति’ ,’मेरो मनमा बस’ ,’टुना मुना’ ,’तिम्रो मायाले’ ,’म त मायामा’ जस्ता गीतहरु समावेश गरिएको छ ।


संगीतकार बिनोद खम्बु र सन्तोष प्रगाडको संगीत रहेको एल्बममा संगीत सम्योजन भने सन्तोष प्रगाड सहित उदयराज पौडेलले गरेका छन । कृपा द्रिश्य डिजिटल रेकर्डिङ स्टुडियो र ड्रीम्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ भने अशोक महर्जन र प्रकाश के सि ले गरेका हुन । एल्बममा बिनोद खम्बु सहित नरेश भट्टराइ ,अनिल थुलुङ र शंकर अधिकारी ‘घायलु’का शब्दहरु रहेका छन । खोटाङ घर भएकी ममता हाल काठमाडौं बस्दै आएकी छिन् ।

-सन्तोष बस्याल