सानियाको बायोपिकमा तापसीलाई अफर

मुम्बई,एजेन्सी ।

आफ्नो दमदार अभिनयका कारण चर्चामा आइरहने बलिउड नायिका तापसी पन्नु हाल चलचित्र ‘स्याबास मिठु’मा काम गर्दैछिन् । यो चलचित्र भारतीय क्रिकेटर मिथाली राजको जीवनमा आधारित रहेर निर्माण हुदैछ । चलचित्रका लागि तापसीले क्रिकेटको तालिम लिन सुरु गरिसकेकी छिन् । राहुल ढोलाकियाको निर्देशनमा बन्न लागेको यो चलचित्र लाखौ यूवतीहरुको लागि प्रेरणा हुने अपेक्षा गरिएको छ ।

कामप्रति एकाग्रता रहने उनलाई एकपछि अर्को गर्दै बायोपिक चलचित्रका लागि अफर आइरहेको छ। हाल उनलाई सानिया मिर्जाको बायोपिकका लागि अफर आएको हो । अभिनेत्री परिणीति चोपडाले सानिया नेहालको बायोपिकमा काम गरेपछि, निर्माताहरू उनीसँग काम गर्ने प्रलोभनमा छैनन्। त्यसैले तापसीलाई सानिया मिर्जाको बायोपिकका लागि अफर गरिएको हो। रोनी स्क्रुलाले बायोपिकको लागि अधिकार लिइसकेको भारतिय मिडियाले उल्लेख गरेको छ । ‘थप्पड’बाट फिल्मफेयर अवार्डमा ‘उत्कृष्ट नायिका’को अवार्ड समेत जितेकी तापसीको चलचित्र रश्मी रकेट, हसिन दिलरुवा’, ‘दो बारा', प्रर्दशनको तयारीमा रहेका छन् ।