गीत बाहेक ‘ए साथी सुन’को छायांकन सकियो

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको चलचित्र 'ए साथी सुन'को छायांकन सकिएको छ। हेटौडा बाट सुरु भएको चलचित्रको छायांकन १७ दिनमा सकिएको हो। चलचित्रमा समावेश गीत बाहेक चलचित्रको छायांकन सकिएको हो । यस बारे  'ए साथी सुन'कोमा मुख्य भूमिकामा रहेकी नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा एक फोटो शेयर गर्दै जानकारी दिएकी हुन्। छायांकन सुरु हुनुभन्दा एक साता अगाडि निर्माणपक्षले चलचित्रको नाम ‘कालिपुरुष’ परिवर्तन गरी  ‘ए साथी सुन’ राखेको हो । 'कालिपुरुष’ नाम राखेर प्रि-प्रोडक्शनको काम सुरु भएको निर्माण पक्षले जानकारी दिएका छन्।

राघव आचार्यको निर्देशनमा तयार भएको यस चलचित्रमा वर्षाले नव–कलाकार रमेश बाँनियासँग स्क्रिन शेयर गरेकी छिन्। यस चलचित्रमा विना कार्कीको लगानी रहेको छ। चलचित्रलाई लिएर वर्षा निकै उत्साहित रहेको उनको हरेक पोष्टले बताउँछ । यस चलचित्रबारे हरेक अपडेट उनले आफ्नो आधिकारिक संजालबाट दिँदै आएकी छिन् ।