बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुरद्धारा धुर्मुसलाई सहयोग गर्ने प्रतिबद्धता

आर्टिष्ट खबर, चैत, नेपालगन्ज ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ मेची महाकाली अभियानको क्रममा यतिबेला धुर्मुस सुन्तली फाउण्डेशनको टिम बाँकेको नेपालगन्ज आइपुगेको छ । यसैबिच फाउण्डेशनको टिमले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्बाङसँग भेट गरेको छ । भेटमा फाउण्डेशनका अध्यक्ष कट्टेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेको अवस्थासँगै परियोजनाबारे जानकारी गराए ।

'हामीले रंगशालामा ७७ जिल्लाकै कक्ष बनाउँदैछौं । बाँके जिल्लाका धार्मिक तथा साँस्कृतिक कुराहरुलाई पनि उक्त बाँके कक्षमा राखिनेछ । त्यसैले तपाई यस जिल्लाको अभिभावक भएको हिसाबले तपाईको साथ रहनेछ भन्नेमा विश्वास लिएका छौं,' फाउण्डेसनका अध्यक्ष कट्टेल भने ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्बाङले अभियानका लागी आफूले सक्दो सहयोग गर्ने र जिल्लाका बिभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई पनि पहल गर्ने प्रतिबद्धता जाएर गरे । 'समृद्ध नेपाल बनाउने काम सरकारको मात्र होइन, सबैको भएकाले धुर्मुसले यो अभियान गरिरहनु भएकाले उहाको काममा हामी सबैले साथ दिनुपर्छ । बाँकेका अन्य दाजुभाई तथा दिदीबहिनीहरुलाई यो महान अभियानमा जोडिनुहुन अपिल गर्दछु ।', राम बहादुरले भने । साथै उनले अभियानमा आफूपनि जोडिन चाहेको भन्दै ब्यक्तिगत रुपमा २० हजार रुपैंया सहयोग गरे ।

मेची महाकाली अभियानको टिममा हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), अभियान्ता अर्जुन भुसाल लगायतपनि सँगै रहेका छन् ।