बढ्दो कोरोनाका कारण धमाधम फिल्मको प्रदर्शन मिति स्थगित गरिँदै

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गत बर्ष कोरोना भाइसरले महामारीको रुप लिएपछि लामो समयसम्म देश पूर्णरुपमा लकडाउनको अवस्थामा रह्यो। लकडाउनका कारण चलचित्रको छायाकंन र प्रर्दशन रोकिएसँगै यस भाइरसले अन्य बिधालाई समेत तहसनहस पारेको अवस्था हालसम्म ताजै छ। महामारी फैलिन नदिन सरकारले कडा रुपमा लकडाउन गरेपछि छायाकंनरत चलचित्र देखि लिएर प्रर्दशनको तयारीमा रहेको चलचित्र संगै म्यूजिक भिडियोको काम समेत रोकिएको थियो । लामो समयको लकडाउनपछि केही महिनाबाट प्रर्दशन गर्न खोजिएको चलचित्र फेरी स्थगीत गर्नुपर्ने अवस्थामा पुगेको छ।

नेपालमा फेरी कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा देखिएको छ। यसै कारण अघिल्लो वर्षजस्तै यो वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव पर्न सक्ने सम्भावना छ । गत बर्षको कोरोनाको प्रभाव कम हुँदै गएपछि थुप्रै नेपाली चलचित्रहरु आफ्नो मिति तोक्दै चलचित्र प्रर्दशन गर्ने तयारीमा रहेका थिए। तर बढ्दो कोरोनाका कारण ती चलचित्रहरूको प्रदर्शन मिति हाल धमाधम स्थगित गर्न थालिएको छ।

आगामी चैत २७ गते हलमा एकसाथ तीन नेपाली चलचित्र लप्पन छप्पन २, कृष्णलीला र ‘मनसँग मन’ प्रर्दशनको तयारीमा रहेको थियो प्रदर्शन मिति नजिकिँदै गर्दा कोरोना सङ्क्रमण पनि बढ्न थालेपछि यी तीनवटै चलचित्रले आफ्नो प्रर्दशन मिति अनिश्चितकालका लागि स्थगन गरेका छन् । राज बहादुर सानेको निर्देशन रहेको चलचित्र 'गुड् फ्रेण्ड' भने चैत्र २७ गते बाट प्रदर्शनमा तयारीमा रहेको छ ।