‘हामी गर्भवती र्छौँ’ : प्रियंका कार्की

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p style="text-align: justify; ">नायिका प्रियंका कार्की र नायक आयुष्मान् देशराज जोशीको एक तस्विरलाई लिएर केही समयदेखि सामाजिक संजाल निकै तातेको थियो। प्रियङ्काले पति आयुष्मानसँग होली मनाएको एक तस्विर सामाजिक संजालमा शेयर गरेकी थिइन्। उक्त तस्विरमा कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा थियो । तस्विरको कमेन्टमा समेत उनीहरु आमाबावु बन्दैछन् भन्ने&nbsp; प्रतिक्रिया आइरहेको थियो । हाल भने उक्त अनुमान पक्का भएको छ।&nbsp;</p><p style="text-align: justify; ">प्रियंका सबैको प्रश्नको छोटो मिठो जवाफ दिदैँ शुक्रबार आफ्नो र श्रीमान आयुष्मान देशराजको तस्बिर राख्दै ‘हामी गर्भवती र्छौँ’ लेखेर पोस्ट गरेकी छिन्। यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ । उनका शुभचिन्तक आफन्त लगायतले यतिबेला उनीहरुलाई बधाई दिइरहेका छन्।&nbsp;<br></p>