चेतनको प्रत्येक तीजमा घन्किने गीत ‘तीजको रहर आयो बरी लै’

जेठ, काठमाडौं ।

नेपाली साहित्य, कला, लोकसंस्कृतिका साथै चलचित्र क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील वरिष्ठ व्यक्तित्व चेतन कार्कीको आइतबार निधन भएको छ । ८४ बर्षिय कार्कीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो ।

बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आउनु भएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।​ पारिवारीक स्रोतका अनुसार उहाको आइतवार विहान १० बजे निधन भएको हो ।

‘‘कार्कीले लेखेका थुप्रै कालजयी गीत मध्ये ३२ बर्षअघिको निकै प्रचलित लोकभाका ‘तीजको रहर आयो बरी लै’ अहिले पनि प्रत्येक बर्षको तीजमा निकै घन्किने गर्दछ ।’’

उहाले लेखेर रेकर्ड भएका दर्जनौँ गीत लोकप्रिय छन् । ‘तीजको लहर आयो बरिलै, कान्छी हे कान्छी, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन’, ‘बैनीको दया छ भने रोदीघर दाइ नाच नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो’, ‘यी ओठ तिम्रा मुस्कानलगायत’ गीतहरूले आज पनि उत्तिकै सुनिने गरिन्छ ।

कार्कीले लेखेका थुप्रै कालजयी गीत मध्ये ३२ बर्षअघिको निकै प्रचलित लोकभाका ‘तीजको रहर आयो बरी लै’ अहिले पनि प्रत्येक बर्षको तीजमा निकै घन्किने गर्दछ । तत्कालीन समाजका महिलाको भोगाइ समेटेर लेखिएको उक्त तीज गीत नेपाली चलचित्र ‘कन्यादान’मा राखिएको थियो । उक्त गीतको भाका जनकवि केशरी धर्मराज थापाको प्रसिद्ध गीत ‘नेपालीले माया मा¥यो बरी लै’बाट लिइएको थियो ।

यस्तै कार्कीले नेपाली चलचित्रको क्षेत्रमा पनि ठुलो योगदान पु¥याउनु भएको छ । ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता चलचित्रको निर्देशन गर्नुभएका कार्कीले थुप्रै चलचित्रको स्क्रिप्ट र गीत पनि लेख्नुभएको छ । उहाले कलाकार तथा निर्देशक नीर शाहको पहिलो चलचित्र ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गर्नुभएको थियो । स्याङ्जामा जन्मिनु भएका कार्कीका प्रकाशित उपन्यासहरुमा ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’ चर्चित छन् । कार्कीको श्रीमती र २ छोरा छन् ।

स्वर्गीय कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन सन् १९५२ मा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । उहालाई पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिनु भएको थियो । उहा त्यहाँ नौ कक्षासम्म पढ्नुभयो । उहाले नेपालीसँगै हिन्दी र उर्दूमा पनि कविता लेख्नुभएको छ । उहाका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् ।

सरकारी सेवामा कार्यरत उहा तिनताक गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा पनि क्रियाशील रहनुभयो । सरकारी जागिर छोडेपछि चलचित्र निर्देशक हिरासिंह खत्रीको सम्पर्कमा पुग्नु भएका कार्कीले चलचित्र लेखनका साथै केही नेपाली चलचित्रहरुको निर्देशन पनि गर्नुभयो ।