क्लब हाउसको लोकप्रियता बढ्दै

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

करिब एक साता अघिमात्रै मैले पनि ‘क्लब हाउस’ मोबाइल एप मोबाइलमा डाउनलोड गरेँ । बिशेष गरी सामाजिक सञ्जालमा क्लब हाउसबारे स्टाटस, चर्चा चलिरहदा जिज्ञासा भएर डाउनलोड गरेर ‘साइनअप’ गरेँ । बुझ्दै जाँदा ‘अडियो ड्रप’ एप रहेछ । अर्थात अडियोको माध्यममार्फत बिभिन्न बिषयमा बिभिन्न साथीहरुसँग कुरागर्न तथा कुरागरेको सुन्न मिल्ने रहेछ । मेरो लागी केहि मिनेट यसभित्रका ‘फंगसन’ बुझन् समय लाग्यो । तर बुझिसकेपछि म पनि झण्डै एक घण्टा त्यसमै बिताएँ ।

मोबाइलमा सुरक्षित रहेका नम्बरहरुको आधारमा धेरै साथीहरुलाई ‘अटो फ्लो’ गरेकाले चिनेजानेका साथीहरुले छलफल गरिरहेको पाएँ । सुन्दै जाँदा मज्जा आयो र ज्ञानबर्धक कुराहरु पनि भेटेँ । अहिले पनि दैनिक केहि मिनेट मैले क्लब हाउसमा बिताउने गरेको छु । यो त मेरो अनुभव भयो, प्राय अहिले नेपालमा युवावर्गहरु यो एपमा समय ब्यतित गरिरहेको पाइन्छ । विश्वभरीका मानिसहरु आआफ्नो समुह बनाएर बिभिन्न शिर्षकमा छलफल गरिरहेका हुन्छन् । यो एपको मुख्य बिशेषता भनेकै यहि हो । यो एपमा तीन किसिमका भर्चुअल रुम छन्– ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम ।

यो सामाजिक सञ्जाललाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमासार्वजनिक गर्नुभएको थियो । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेन । प्रयोगकर्तामा खासै वृद्धि हुन नसकेपछि यो एपलाई एन्ड्रोइड भर्सनमा पनि ल्याइयो । त्यसपछि भने यसका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भयो ।

अहिले नेपालका सेलिब्रेटी देखी थुप्रै युवाहरु यो एपको दैनिक प्रयोग गर्छन । बिशेष गरी बिभिन्न बुद्धिजिवी, सेलिब्रेटी, पत्रकार, प्रहरी प्रशासन लगायतले पनि यसको दैनिक प्रयोग गरिरहेको देखिन्छ । नायिका केकी अधिकारीले प्राय यो एपमार्फत बिभिन्न बिषयमा बहस गरिरहनुभएको थियो । डेढ साता अघिमात्रै विपाश्यनाको अनुभव शिर्षकमा केहि घण्टा आफ्नो अनुभवसँगै उक्त बिषयबारे जानकारी गराउनुभएको थियो । जुन ग्रपमा झण्डै हजार जनाले सुनेर बसेका थिए । यस्तै ‘अपराधबाट कसरी जोगिने, सफल अनुसन्धान कसरी हुन्छ?’ शिर्षकमा केहि दिन अघिमात्रै प्रहरी प्रशासनकै सहभागीतामा पत्रकार केपि ढुंगानासँगै अन्य केहि पत्रकारहरुले बहस गर्नुभएको थियो । उक्त गु्रपमा प्रहरीले गर्ने अनुसन्धानको बिषयमा जो कोहिले प्रश्न गर्न सक्ने ब्यवस्था मिलाइएको थियो ।

यस्तै नेपाली चलचित्र निर्देशनको बिषयमा पनि चलचित्रकर्मिहरुले बहस गरिरहेका हुन्छन् । यस्तै पछिल्लो समय बिवादमा तानिएको टेलिश्रृंखला ‘जुठे’को कथाबारे कलाकार इस्टु कार्की लगायतले एक गु्रप बनाएर छलफल गर्नुभएको थियो । यस्तै एक सता अघिमात्रै सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)को  बिशेष उपस्थितीमा अभियान्ता अर्जुन भुसाल लगायतले युवाहरुले देश विकासका लागी के गर्न सक्छन् भन्ने बिषयमा अन्तक्र्रिया चलाइएको थियो । यसरी नै दैनिक रुपमा अहिले बिभिन्न बिषयमा छलफल भइरहन्छन् । यो क्लब हाउसको राम्रो बिशेषता हो । हरेक कुरामा केहि न केहि बिकृती हुन्छ भनेझै क्लब हाउसमा पनि केहि युवाहरुको समुहले ‘अठार प्लस’ नाम दिएर यौनका बिषयमा अपाच्य शब्द प्रयोग गरेर बसेको पनि पाइन्छ ।

यस्तै प्रहरीको बर्दि प्रयोग गरेर बिभिन्न ‘फेक आईडी’ सञ्चालन पनि भएको देखिन्छ । केहि दिन अघिमात्रै नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भक्तपुर चाँगुनारायण नगरपालिकाका २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको हो । उनले प्रहरीको बर्दि प्रयोग गरेर गु्रप सञ्चालन गरिरहेका थिए ।

(समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।)