‘म त मर्छु कि क्याहो’ मा ‘ईसाराले बोलाउनु पर्दैन गीत’, नाँचे धुर्मुस सुन्तली (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

ओटिटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको नेपाली चलचित्र ‘म त मर्छु कि क्याहो’को प्रमोशनल गीत ‘ईसाराले बोलाउनु पर्दैन’को भिडियो सार्वजनिक गरिएको छ । तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ’अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्याहो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रुपमा सार्वजनिक गरेको हो ।

अहिले सार्वजनिक गीतको भिडियोमा ‘म त मर्छु कि क्याहो’ का मुख्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नृत्य देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफर रामजी लामिछानेले कोरियोग्राफि गर्नुभएको छ भने छायांकान मानकृष्ण महर्जनको रहेको छ । भिडियो सम्पादन मिलन ऋेष्ठले गर्नुभएको हो ।

उक्त गीतको भिडियो ओहो मुभि टिमले निर्माण गरेको कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो । धुर्मुसका अनुसार उक्त गीत 'म त मर्छु कि क्याहो'को प्रमोशनका लागी मात्र प्रयोग गरिनेछ । 'ईसाराले बोलाउनु पर्दैन' गीत रत्नशम्शेर थापा, इश्वर बल्लभ र प्रदिप रिमालले रचना गर्नुभएको हो । गीतमा भुपेन्द्र सिंह र दिपा झाको स्वर रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार रन्जित गजमेरको रहेको छ ।

चलचित्र 'म त मर्छु कि क्याहो' यहि भदौ ११ गतेदेखी ओहो मोबाइल एप मार्फत सार्वजनिक हुँदैछ । सुदिप बरालले खिच्नुभएको यस चलचित्रमा लेखन तथा निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ । चलचित्रमा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।