कलाकार निशा घिमिरेको अन्त्येष्टि

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं&nbsp;</b></pre><p style="text-align: justify; ">बिगत लामो समयदेखी उपचाररत कलाकार निशा घिमिरेको बुधबार साँझ निधन भएको छ । नर्भिक अस्पतालमा उचाररत घिमिरे गत जेठ २७ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको नर्भिक अस्पतालले उद्धार गरेर निःशुल्क उपचार थालेको थियो ।</p><p style="text-align: justify; ">अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उहाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उहालाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । अस्पतालका अनुसार खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उहाका शरीरमा रहेका घाउहरूसमेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहनु भएकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएको छ ।</p><p style="text-align: justify; ">उहाँको बिहीबार पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । अन्येष्टिमा बिभिन्न कलाकार तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।&nbsp;</p>