धेरैपछि सिनेनगरीमा उत्साह

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दुईबर्ष अघि जब नेपालमा कोरोना भाइरस छि¥यो नेपाली सिनेबृतले निकै ठुलो नोक्सानी बेहोर्नु प¥यो । सिनेमा हलहरु बन्द गर्नुपर्ने अवस्था आयो । निर्माण भएर बसेका चलचित्र ‘हार्डडिक्स’मै सिमित भए । कोरोना कहर सकिएला र चलचित्र प्रदर्शन गरौँला भनेर कुरेका निर्माताहरुले दुईबर्षको लामो समय कुर्नुप¥यो ।

अहिले भने बिस्तारै सिनेबृतमा खुसीयाली छाउन थालेको छ । तीनबर्ष अघि नै निर्माण भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन मिति सार्दै एकसाता अघिमात्रै पालो पायो । चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापाले जोखिम मोलेरै प्रदर्शन गर्ने निर्णय गर्नुभयो । ढुकढुकीका साथ चलचित्र प्रदर्शनमा आयो र दर्शकको साथ पनि पायो ।

नेपाली चलचित्रका हेर्न दुईबर्ष सम्म हलसम्म नआएका दर्शक अहिले भरिभराउ देखिए । चलचित्र टिमसँग चलचित्रक्षेत्रकै लागी उत्साह छायो । अहिले ‘म यस्तो गीत गाउँछु २’ ले आक्रामक ब्यापार गरिरहेको छ । चलचित्रका बितरक करण श्रेष्ठका अनुसार पहिलो साता ४ करोड ९५ लाखको ग्रस आम्दानी गरिसकेको छ । चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहदा पनि हलमा दर्शकको संख्या उत्तिकै बढिरहेको छ । गएको शनिबार काठमाडौंका अधिकांश हल हाउसफुल रहेको बितरक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो, ‘चलचित्रले निकै राम्रो ब्यापार गरिरहेको छ । राजधानीका सिंगल थिएटरमध्ये ठुला थिएटरहरु अष्टनारायण, गुणहरुमा पनि हाउसफुल छ । मल्टिप्लेक्स हलहरुमा दर्शकको संख्या उत्तिकै भरिभराउ छ । चलचित्र क्षेत्रकै लागी खुसीको कुरा हो ।’

प्रदर्शनको पहिलो दिनदेखि चलचित्रले निरन्तर हाउसफुलको व्यापार ग¥यो । प्रदर्शनको दुई दिनमा चलचित्रले देशभर १ करोड ८० लाख कमाई गरेको बताइएको छ । चलचित्रले ५ करोड कमाउँदा निर्माताको हातमा चाहिँ कति पर्छ त ? वितरक करण श्रेष्ठले भन्नुभएको छ, ‘यो रकमबाट १६ प्रतिशत कर काटिन्छ । त्यसपछि ५०/५० प्रतिशत हलवाला र निर्माताले पाउँछन् । निर्माताले पाउने रकमबाट वितरकको कमिसन र सर्भरको काटेपछि बाँकी रहने रकम निर्माताको हुन्छ । ४ करोड ९५ मध्ये निर्मातालाई त्यस्तै १ करोड ८० लाख जति हात पर्न आउँछ ।’

चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापाले देशैभरी हाउसफुलका साथ चलचित्रले ब्यापार गरिरहेको आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराइरहनुभएको छ । चलचित्रकी निर्मात्री समेत रहनुभएकी मुख्य कलाकार पुजा शर्मा पहिलो साता देशका मुख्य शहरका बिभिन्न हल भिजिट गर्नुभयो ।

चलचित्रका मुख्य नायक पल शाह भने यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा हुनुहुन्छ । एक नाबालिग गायिकाले आफूलाई करणी गरेको भन्दै जाहेरी दिएपछि गएको आइतबारबाट प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । चलचित्रका मुख्य नायक हिरासतमा रहदा देशैभरी चर्चा भएकाले चलचित्र हेर्न दर्शक उर्लिएको भन्ने चर्चा सिनेबृतमै चलिरहदा चलचित्रको निर्माण टिमले भने दर्शकलाई चलचित्र मन परेरै हलसम्म आएको दाबि गरेको छ ।