अनलाइन टिभीका लागी नयाँ नियम, युट्युब च्यानलको पनि नियमन गर्दै सरकार

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

इन्टरनेटको माध्यमबाट श्रव्य दृश्य आफैले निर्माण गरि प्रसारण गर्नेहरुका लागी सरकारले राष्ट्रिय प्रसारण नियमावली लागू गरेको छ । बिशेषगरी इन्टरनेटको माध्यमबाट भिडियो सामाग्री प्रसारण गर्नेहरुलाई नियमनको दायरामा ल्याउन सक्नेगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली लागू गरेको हो ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई ११औं संशोधन गर्दै ओभर दि टप (ओटीटी), भीओडी र अनलाइन टेलिभिजन सेवा दिने कम्पनीले नेपालभित्रै क्यास सर्भर राखेर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।सरकारको यो नियमावलीसँगै बिशेषगरी भिडियो सेयरिङ साइट युट्युवमार्फत भ्रमित सामाग्री प्रसारण गर्नेहरुका लागी आगामी दिनमा असहज हुने देखिएको छ । पछिल्लो समय युट्युबरले बिभिन्न गलत सुचना प्रवाह गरेको र समाजमा अफवाह फैलाइरहेपछि सरकारले यो नियमावली ल्याएको हो ।

संशोधित नियमावलीले पहिलोपटक ओटीटी÷भीओडी र अनलाइन टिभीलाई सम्बोधन गरेको हो । यसमा ‘युट्यूव च्यानल’ भने कतै उल्लेख छैन । तर, नियमावलीमा गरिएको ओटीटीको परिभाषा र अनलाइन टिभीको परिभाषा दुवैले युट्यूवलाई समेट्न सक्छ ।

नियमावलीमा ओटीटीको परिभाषा यसरी गरिएको छ, ‘उपभोक्ताको मागबमोजिमको कुनै कार्यक्रम डीटीएच केबल वा उपग्रह टेलिजिनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवा सम्झिनुपर्छ र सो शब्दले इन्टरनेटमार्फत अरु प्लेटफर्ममाथिको मिडिया स्ट्रिमिङ सेवासमेतलाई जनाउँछ ।’

‘इन्टरनेटमार्फत अरु प्लेटफर्ममाथिको मिडिया स्ट्रिमिङ सेवा’ भनिसकेपछि यसले स्वतः युट्यूव च्यानललाई समेट्ने देखिन्छ । यस्तै सरकारको नियमावलीमा अनलाइन टिभिको इजाजतपत्रका लागि ५ लाख रुपैया तिर्नुपर्ने उल्लेख छ ।  यसमा भनिएको छ, ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत आफैंले उत्पादन गरी नियमितरुपमा श्रव्य दृष्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झिुपर्छ ।’ अनलाइन टिभीको परिभाषामा युट्यूव च्यानलसँग मिल्ने खालको छ । यद्यपी युट्युव भनेर तोकिएको भने छैन ।

युरोपियन टेलिकम्युनिकेसन्स स्टाण्डर्ड इन्स्टिच्यूटले आईपीटीभी र ओटीटीको फरक छुट्याएको थियो । उक्त रिपोर्टले पनि युट्यूव च्यानलको प्रकृति ओटीटीसँग मिल्दोजुल्दो देखिन्छ ।

अहिले कतिपयले चाहिँ यी दुवै परिभाषाले युट्यूवरलाई नसमेट्न तर्क गरेर युट्युव च्यानलका लागि यो कानून नरहेको पनि बताउन थालेका छन् । ओटीटी सेवा दिने कम्पनीले हरेक ग्राहकसँग भएको कारोबारको लेखा ‘ग्राहक व्यवस्थापन प्रणाली’को सर्भरमा सुरक्षित राख्नुपर्नेछ । यस्ता विवरणहरु प्रत्येक महिना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने छ । तोकिएका सर्भर नेपालभित्रै नराखे ओटीटी, भीओडी जस्ता सेवाको इजाजतपत्र नै नदिने व्यवस्था नियमावलीमा गरिएको छ । यस्तो सेवा दिने कम्पनीले आफ्ना नियम, गोपनीयताको नीति, प्रसारकको कम्प्युटर स्रोतको पहुँच वा प्रयोगका लागि प्रयोगकर्ता सम्झौता सार्वजनिक गर्नुपर्नेछ ।

ओटीटीहरुले आफ्नो वेबसाइटमा गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने र ग्राहककोे गुनासो ३० दिनभित्र सम्बोधन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । ओटीटीमार्फत सेवा दिने कम्पनीले प्रशारित समाग्रीको अभिलेख (ब्याकअप) कम्तीमा ६० दिनका लागि सुरक्षित राख्नुपर्नेछ । त्यस्तो अभिलेख सरकारले मागेका बेला दिनुपर्नेछ ।

ओटीटी सेवा प्रदायकले आफ्ना कार्यक्रमहरुलाई तीन भागमा विभाजन गर्नुपर्नेछ । बालबालिका र सबै उमेर समूहलाई उपयुक्त हुने कार्यक्रमलाई ‘यू’ रेटिङ दिनुपर्ने छ । १० वर्षदेखि १८ वर्षसम्मका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ र १८ वर्षभन्दा माथिका लागि मात्रै उपयुक्त हुने कार्यक्रमलाई ‘ए’ रेटिङ दिनुपर्ने छ । ओटीटीहरुले इजाजतपत्रका लिन एक करोड रुपैयाँ शुल्क तिर्नुपर्नेछ । भीओडीका लागि २ लाख र टेलिभिजनहरुले आफैंले आफ्नो वितरण नेटवर्कमा टेलिभिजन कार्यक्रम प्रसारण गर्ने इजाजत लिन १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

एक युट्युबर पक्राउ

युट्युब च्यानलमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले ‘सेलेब नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक राहुल थापालाई पक्राउ गरेको हो ।

अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा उहालाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । यस्तै युट्युबमार्फत अभिनेत्री थापामाथि गालीगलौज गरेको अभियोग लागेकी काठमाडौंको बालाजु बस्दै आएकी शर्मिला बाइवालाई भने पक्राउ पूर्जी जारी भइसकेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिनुभएको छ ।

रेखाले शुक्रबार ‘सेलेब नेपाल’ युट्युब च्यानलका सञ्चालक थापा, वाइबासहित तीन जनाविरुद्ध आफूमाथि गालीगलौजको जाहेरी दिनुभएको थियो । पल शाहविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी नाबालिकाको पक्षमा बोलेको भन्दै उक्त युट्युब च्यानलले लिएको अन्तर्वार्ताका क्रममा शर्मिला वाइबाले रेखामाथि गालीगलौजको शब्द प्रयोग गरेको जाहेरीमा उल्लेख छ । पक्राउ परेका राहुलमाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिएको ब्युरोले जनाएको छ ।