दोहोरी प्रतियोगीतामा बियरको भब्य प्रचार (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज चैत १६ गते बुधबार बाट काठमाडौंको भृकुटिमण्डपमा १९ गतेसम्मका लागी छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा हुने यस दोहोरी प्रतियोगीताको मुख्य प्रायोजक बियर कम्पनी टुबोर्ग रहेको छ । प्रतियोगीता सुरु भएदेखीनै बियरले स्पोन्सर गरिरहेको यो दोहोरी प्रतियोगीताको यसबर्षको छैठौं संस्करणमा पनि बियरले नै मुख्य स्पोन्सर गरेको छ ।

धुम्रपान तथा माद्यक पदार्थ सेवन नगरौं भन्नुपर्नेमा दोहोरी प्रतियोगीताले नै बियर खाऔं भनेर प्रचार गरेजस्तो भएको भन्ने टिकाटिप्पणी यतिबेला सामाजिक सञ्जालमा चल्न थालेका छन् । गएको सोमबार काठमाडौंको रिर्पोटर्स क्लबमा आयोजीत पत्रकार सम्मेलनमा पनि यो प्रश्न उठ्यो, बियरको सिधै प्रचार गरेजस्तो भयो नि भन्ने प्रश्नमा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष रमेश बिजीले मुख्य स्पोन्सर भएकै कारण प्रचार गरिएको प्रष्ट पार्छन् ।

पत्रकार सम्मेलनका पोष्टर होस् या सामाजिक सञ्जाल होस् जताततै दोहोरी प्रतियोगीता लेखेएको तस्बिर भन्दा ठुलो बियरको लोगो देख्न सकिन्छ । भृकुटिमण्डपमा पनि बियरको स्टल रहने र स्टेजबाटै बियर खानुहोस् भनेर आफूहरुले प्रचार गर्ने समेत बताए ।

मौलिक लोकदोहोरी लाई प्रबद्र्धन गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको यो कामलाई तपाई के भन्नुहुन्छ ? कार्यक्रम सन्चालन गर्ने स्पोन्सरको आवश्यकता अवश्य पर्छ तर यसरी माद्यक पदार्थलाई प्रचार गर्नु उचित हो या होइन आफ्नो भनाई राख्न सक्नुहुनेछ ।

भिडियो रिपोर्टः