संगीतकर्मि संघ चुनावी प्रक्रिया नसकिँदै फुट्यो

...

माघ ३, काठमाडौं । ‘राष्ट्रिय संगीतकर्मि संघ’ तेस्रो साधारण सभाको चुनावी प्रक्रिया नसिकिँदै दुई भागमा बिभाजन भएको छ । शनिबार भएको चुनावमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले संघ फुटाउने घोषणा गरेको हो ।

रेशम थापाको नेतृत्वमा रहेको ‘संगीतकर्मी संघ’को चुनाव चलिरहँदा अध्यक्षमा नवराज घोरासैनी निर्बिरोध चयन भएता पनी संघमा रहेका वास्तविक सदस्यले भोट हाल्न नपाएको, सदस्यता कार्ड नबनाई नगदी रसिदको आधारमा भोट हालिएको भन्दै असुन्तुष्ट पक्षले औपचारिक रुपमै नयाँ संघको घोषणा गरेका हुन् ।
sangeet karmi sangh - 3rd adhibesanचुनाव मैदानमासंघको अध्यक्षमा गायक नवराज घोरासैनी निर्बिरोध चयन भएका थिए । त्यस्तै उपाध्यक्षमा गायक प्रकाश कटुवाल, धन कुमारी सरु र उमा श्रेष्ठ निर्बिरोध चयन भए । त्यस्तै कोषाध्यक्षमा कलाकार रमेश दुलाल र सहकोषाध्यक्षमा मिलन श्रेष्ठ निर्बिरोध चयन भए भने उप महासचिवमा अमित खाती र सचिवमा चन्द्र खड्का र गाबिन्द दुलाल पनी निर्बिरोध चयन भए । करिब ५०० बढी सदस्यहरु भोट हाल्न बसेका थिए ।
sangeet karmi sangh - 3rd adhibesanसंघको उपाध्यक्षामा निर्बिरोध चयन भएका गायक प्रकाश कटुवालले आर्टिस्ट खबरसँग कुरा गर्दै भने, “अनेकौं चल खेल भयो जग्गा दलाल गर्नी साथीहरूले रातारात केही दोहोरीसाझाको साहुनी सम्म किने अनि एउटैले ५ पटक सम्म भोट हाले । जग्गा दलाललाई जिताउन लोकदोहोरी प्रतिस्ठान सम्म लाग्यो ।” गायक कटुवालले संम्बभतः आईतबार नै नयाँ संघको घोषणा गरीने बताए ।