माघ ५, काठमाडौं । फिल्म ‘काफल पाक्यो’ले प्रदर्शन भएको तिनदिन भित्रमा ४६ लाख ग्रस कलेक्सन गरेको छ । फिल्म करिब ८० लाखको बजेटमा निर्माण भएको निर्माणपक्षले जनाएको छ । गएको शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको ‘काफल पाक्यो’मा नायक जिवन लुईटेलको अभिनयलाई प्रसंसा समेत गरीएको छ ।
निर्देशक सावित्री खत्रीको निर्देशनमा बनेको काफल पाक्योले अझ राम्रो आम्दानी गर्न सक्ने अपेक्षा गरीएको छ । चलचित्रमा जिनका साथमा नायिका बर्षा राउतको अभिनय रहेको छ ।