बले र कक्रोजको स्वरमा निकै रमाइलो गित, ‘सोलमारी जान्छु डबका हान्छु’ (भिडियो सहित)

...

माघ, काठमाडौं । सोलमारी र डबका भनेरै चर्चित भएका हास्य टेलिश्रृंखला भद्रगोलका दुई कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोज) यतिखेर टेलिभिजनको पर्दाका देखिएका छैनन् । नेपाल टेलिभिजन र मिडिया हव बिचको कुरा नमिल्दा टेलिश्रृंखलाहरु बन्द भएपनि हास्य कलाकारहरु खासै फुर्सदिला भने छैनन् । कहिले देश भित्रकै कार्यक्रममा ब्यस्त छन् त कहिले देश बाहिरकै कार्यक्रममा ब्यस्त छन् ।
sagar lamsal bale and hari niraula kakroj new song solmariस्टेजमा चढेपछिको समयमा दर्शकलाई मेट मिचिमिचि हँसाउन खप्पिस बले र कक्रोजको जोडि यतिखेर देश भित्रका बिभिन्न कार्यक्रममा ब्यस्त छन् । जुनसुकै कार्यक्रममा जाँदा सोलमारी र डबकाको कुरा नछोड्ने यो जोडिले अब यही शब्दलाई अंगाल्दै गित पनि निकालेका छन् । ‘सोलमारी जान्छु डबका हान्छु’ बोलको गित बले र कक्रोजको स्वरमा भर्खरैमात्र रेकडिंङ कार्य सकिएको छ । टेलिश्रृंखला भद्रगोलमा सम्बादको रुपमा सुनिएको सोलमारी र डबकाको कुरा अब गितमा पनी सुन्न पाइने भएको हो ।

मंगलबार जमलस्थित एक रेकर्डिङ स्टुडियो पुग्दा बले र कक्रोजले सोलमारी जान्छु डबका हान्छु भन्दै गित रेकर्ड गरीरहेका थिए । सागर र हरी दुबै जनाको स्वर रहेको उक्त गितमा हरी निरौला (कक्रोज) ले नै शब्द लेखेका हुन् । यस्तो शब्द राखेर गित लेख्ने सोंच कसरी आयो भन्ने आर्टिस्ट खबरको प्रश्नमा उनले यसरी जवाफ दिए, “एक दिन हल्का डबका दिएकै बेलामा थिएं, दिमागमा यस्तो गित निकाल्नु पर्यो भन्ने सोंच आयो अनि शब्द कस्तो राख्दा होला भनेर दिमाग खेलाउँदै जाँदा सोलमारी र डबकाकै गित राम्रो होला भनेर सुरु गरेको हुँ ।” साथै सागर लम्साल (बले) ले पनी सहि कुरो बोरो सहि कुरो भन्दै गितको बिच बिचमा रमाइलो बनाएका छन् । साथै सोलमारी र डबका भन्ने शब्दले समाजमा नराम्रो असर पार्लानि भन्ने प्रश्नमा उनीहरुले यसगितबाट सोलमारी जानु पर्छ डबका हान्नु पर्छ भन्ने होइनकिसोलमारी जानु हुँदैन भन्ने कुरा बुझ्न दर्शक तथा स्रोतालाई आग्रह समेत गरे ।
bale and kakroj new song solmari केही साता भित्रै भिडियो बजार आउने बताएका यो जोडिलाई गितको संगितमा भने संगितकार भिम बिसीले साथ दिएका छन् । यस भन्दा अघि पनी अन्य गितमा संगित भर्दै आएका संगितकार बिसीले अहिले आफुले फरक किसिमको गितमा संगित भरेको र गित राम्रो बनेको बताउँछन् ।

साथै रेर्कडिंङ स्टुडियोमा आर्टिस्ट खबरले गरेको कुराकानीको सानो अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ।