इन्डियन निर्देशकको हररर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्टलुक सार्वजनिक

...

माघ, काठमाडौँ । नेपालमा हररर थ्रीलर चलचित्र हेर्ने दर्शक थुप्रै छन् । तरपनि नेपालमा यो समय हररर चलचित्रहरु बन्न सकेका छैनन् । यसैक्रममा इन्डियन निर्देशक अरविन्द एमले निर्देशन नेपाली हररर थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ प्रदर्शनको लागि तयार भएको छ ।

27 hours nepali movieचलचित्रको फस्टलुक पोस्टरहरु सार्वजनिक भएका छन् । निकै फरक शैलीमा डिजाइन गरिएको पोस्टरहरुको डिजाइन जय र बिप्लोपले गरेका हुन् । एक पोस्टरमा धुवाबाट बनाइएको डरलाग्दो आत्मा निकै आकर्षक देखिन्छ ।

प्राबिधीक पक्ष बालियो भएकोले हलिउड र बलिउड हररर चलचित्र हेर्ने दर्शकलाई ‘ट्वेन्टी सेभेन आवर्स’ले निकै मनोरञ्जन दिने निर्देशक अरविन्द बताउछन् ।

27 hours movie

सम्पुण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो चलचित्रको टिजरलाई दर्शकले रुचाई सकेका छन् ।भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेकोको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो ।

२७ घण्टामा एक ब्याक्तीको जिबनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ । चलचित्रलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । चलचित्र चैत्र १९ गतेबाट प्रदर्शनमा आउने छ ।