माघ, काठमाडौं । नेपाली टिपिकल गीत संगितको क्षेत्रमा निकै ठुलो फड्को मारेका गायक मिलन लामा यतिखेरका निकै ब्यस्त गायकको रुपमा चिनिन्छन् । देश भित्रका बिभिन्न कार्यक्रममा दैनिक जसो उनी ब्यस्त छन् । साथै देश बाहिरका कार्यक्रममा पनी उनलाई भ्याईनभ्याई छ । यस्तैक्रममा गायक मिलन लामा यसपालीको सोनाम ल्होछारमा देश भित्र र देश बाहिरका बिभिन्न कार्यक्रममा जाँदैछन् ।
गायक मिलनको यसपालीको सोनाम ल्होछारको कार्यक्रम यहि माघ १९ गते बाट सुरु भएर फागुनको १ गते सकिन्छ । सोनाम ल्होछारलाई लक्षित गर्दै आयोजना गरीने बिभिन्न कार्यक्रममा ब्यस्त हुने मिलन लामाको यसबर्षको सोनाम ल्होछारको पहिलो कार्यक्रम भने उनको गृहजिल्ला चितवनको शारदा नगरबाट सुरु हुँदैछ । जुन माघ १९ गतेको कार्यक्रम रहनेछ । त्यस्तै मिलन लामाको दोस्रो कार्यक्रम माघ २० गते बेशिशहर लम्जुङमा हुँदैछ । त्यस्तै माघ २२ गते उनको देश बाहिरको कार्यक्रम परेको छ । उनी २२ गते आबुधाबी, यु.ए.ई.मा हुने सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा सहभागि हुनेछन् । त्यसपछिको उनको कार्यक्रम जापानमा रहनेछ जुन कार्यक्रम फागुन २४ गते हुँदैछ ।
त्यस्तै मिलनले फागुन २४ गतेको जापानको कार्यक्रम सकेलगत्तै पुन नेपाल फर्कनेछन् र फागुन २६ गते उनले चितवनकै खैरहनी सुर्यपुरको एक कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । चितवनको कार्यक्रम सकेलगतै उनी फागुन १ गतेको अमेरीकाको कार्यक्रमका लागी उड्नेछन् । जुन कार्यक्रम भिर्जेनियामा हुँदैछ ।
गायक मिलनलामाको ‘माझिदाई पोखरा फेवातालको’, ‘बेसारे’, ‘वेलकम टु नेपाल’ लगायतका गित अत्यधिक हिट गीतहुन् । यसबर्षको सोनाम ल्होछारमा मिलनको साथमा नेपालका अन्य चर्चित कलाकारहरु पनि जाँदैछन् । जापानको टोकियोमा हुने कार्यक्रममा मिलनको साथमा नेपाली तारा २०१५ का बिजेता प्रताप लामा, नायिका तथा आधुनिक गायिका बिष्णु लिम्बु, लोक दोहोरी गायिका कोपिला गुरुगको पनि प्रस्तुती रहनेछ ।
त्यस्तै भर्जिनियामा ‘तामांग सोसाईटी अफ ग्रेटर वासिंटन’ले आयोजना गर्ने कार्यक्रममा गायक मिलनको साथमा सन्जोक योन्जानको पनि बिशेष प्रस्तुती रहनेछ ।