पुष्प र वर्षाको ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

...

माघ, काठमाडौँ । आउँदो माघ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङको मुख्य अभिनय रहेको छ । 
दुई मिनेट लामो ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमलाई देखाइएको छ । चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् । यो चलचित्रको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् ।

सौरभ इन्टरटेनमेन्ट एण्ड बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र निर्माता अरुण तामाङ हुन् । पुष्पको पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’ थियो भने वर्षाको आगामी फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ ।