शाहरुखका छोरा आर्यन वेब सिरिज बनाउँदै, स्ट्रिमिङ प्लेटफर्महरु लाइनमा

...

एजेन्सी । यतिबेला बलिउड अभिनेता शाहरुख खानको ‘पठान’ चलचित्रले बक्स अफिसमा धमाकेदार ब्यापार गरिरहेको छ । भारु ३०० करोड माथिको ब्यापार गरिसकेको छ । भारत, नेपालसँगै अन्य देशहरुमा पनि यो चलचित्रले दर्शक तानिरहेको छ । यसैबिच अब शाहरुख खानका छोरा आर्यन खान र छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्ने चर्चा पनि उत्तिकै छ ।

सुहाना खानले अभिनयमा डेब्यु गर्दैछिन् तर आर्यन खान भने क्यामेराको अगाडि नभई क्यामेराको अगाडि बस्न रुचाउँछन्, त्यसैले उनले चलचित्र निर्माणमै आफ्नो करियर बनाउने निर्णय गरेका छन् ।

आफ्ना बुबा र बहिनी सुहाना जस्तै आर्यन पनि क्यामेरामा नभई पर्दा पछाडि चलचित्र उद्योगको हिस्सा बन्न अगाडी बढिरहेका छन् । आर्यन अहिले वेब सिरिजमा काम गरिरहेका छन् । आर्यनको वेब सिरिज युवा, उनीहरुको आकांक्षा, सपना र दुःस्वप्नको बारेमा छ । 

आर्यन खानको डेब्यू वेब सिरिज
खान परिवारका एक निकट ब्यक्तिले भनेका छन्, ‘आर्यनले जुन वेब सिरिजमा काम गरिरहेकका छन्, यो उनको लागी ठुलो प्रोजेक्ट हो । त्यसैले आर्यनले आफ्नो लेखन प्रक्रिया पूरा नभएसम्म यसलाई कुनै पनि स्ट्रिमिङ प्लेटफर्ममा बिक्री नगर्ने निर्णय गरेका छन् । 

sarukh-son-aryan.jpeg

उनले अगाडी भनेका छन्, “वास्तवमा आर्यन आफूमाथि कुनै डेडलाइन दबाब चाहँदैनन्। उनी स्ट्रिमिङ प्लेटफर्मको हस्तक्षेपले होइन आफ्नै तरिकाले आफ्नो श्रृंखला बनाउन चाहन्छन्। लगभग सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरू आर्यनको शृङ्खला किन्न उनको पछि लागेका छन्। तर आर्यनलाई थाहा छ किन उनी डेब्युट हुँदा उनको अधूरो सिरिज किन्न इच्छुक छन् । उनी आफ्नो सुपरस्टार बुबाको छोरा भएकोमा विशेष व्यवहार चाहँदैनन् ।’

आर्यनले चलचित्र उद्योगमा निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । यसका लागि उनले आफ्नो पहिलो लेखन परियोजना पूरा गरेका छन् । आर्यनको डेब्यु सिरिज शाहरुख खानको कम्पनीको ब्यानरमा निर्माण हुन लागेको बताइएको छ । छोरा आर्यनको चलचित्र करियरको डेब्यूलाई लिएर शाहरुख निकै उत्साहित छन् ।

आर्यनले सामाजिक सञ्जालमा गरेको पोस्टमा शाहरुखले कमेन्ट गर्दै लेखेका छन्, ‘तिमी सोच्दै छौ, विश्वास गर्दैछौ, सपना साकार हुनेछन् । अब हिम्मत गर मेरो प्रार्थना तिम्रो पहिलो प्रोजेक्टको लागि छ, यो सधैं विशेष हुन्छ ।’ बुबाको यो कमेन्टको जवाफ दिँदै आर्यनले लेखेका छन्, ‘धन्यवाद । सेटमा तपाइँको अप्रत्याशित भेट को लागी प्रतिक्षा गर्दैछु ।’