अन्तर्दृष्टि नेपालका १४ बालबालिकाले हेरे ‘ह्यारी कि प्यारी’

...

माघ, काठमाडौँ । अन्तर्दृष्टि नेपालमा आश्रय लिएका १४ बालबालिकालाई चलचित्र ‘ह्यारी कि प्यारी’ देखाइएको छ । नन्दा सिंह र गीता बस्नेतले सन्चालन गर्दै आएको अन्तर्दृष्टि नेपालका अनाथबालबालिकालाई आज (शनिबार) सिभिलमलमा रहेको सिनेमा हलमा ‘ह्यारी कि प्यारी’ देखाइएको हो । 

चलचित्र हेरिसकेपछि अन्तर्दृष्टि नेपालकी सन्चालिका नन्दा सिंहले चलचित्र हेर्दैगर्दा भावुक भएको बताइन् । उनी आफै पनि दृष्टिबिहीन हुन् । आफ्नो आँखापनि झाडापखालाका कारण बिग्रिएको र पुराना दिनहरु याद आएको बताइन् । ‘मेरो आँखाको ज्योति गुमेको पनि अस्पताल समयमा पुग्न नसक्दा हो । झाडापखाला लागेको थियो, त्यो समयमा अस्पताल जानै दुईदिन लाग्थ्यो । चलचित्र हेर्दै गर्दा बाल्यकालको सम्झना गरेँ ।’ नन्दाले भनिन् । ‘एकपटक सबैलाई यो चलचित्र हेर्न आग्रह गर्छु ।’

inner-vision-nepal-nanda-singh.jpg

नन्दा टेलिभिजनकर्मि रमेश प्रसाईको श्रीमती हुन् । अन्तर्दृष्टि नेपालमा आश्रीत बालबालिकाको ब्यवस्थापन र भवन निर्माणका लागी भोली (माघ २२) देखी माघ २९ गतेसम्म सप्ताह महायज्ञ आयोजना हुँदैछ । काठमाडौंको चाबहिलस्थित गोपिकृष्णहलको प्रांगणमा सप्ताह गरिने नन्दाले जानकारी दिइन् ।