‘प्रसाद २’को फस्टलुकमा विपिन, केकी र अर्पण

...

फागुन, काठमाडौँ । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको चलचित्र ‘प्रसाद २’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

लभ स्टोरी चलचित्र निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । चलचित्रको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ । यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

चलचित्र ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले चलचित्रको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे ।