थारु भाषाको होली गीत सार्वजनिक

...

फागुन, काठमाडौँ । होलि पर्व नजिकिदै गर्दा होली बिशेष गीत सार्वजनिक भइरहेका छन् । यसैबिच थारु भाषाको होली गीत ‘स्लोली स्लोली’ सार्वजनिक गरिएको छ । गीतमा राज कुश्मी र सोनु कुश्मीको स्वर रहेको हो । 

गीतको भिडियोमा मोडल प्रभात पाल ठकुरी र अन्जु कुष्मीको अभिनय देख्न सकिन्छ । भिडियो मंगलबार आर प्रोडक्सन युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाका बिभिन्न क्षेत्रमामा छायांकन गरिएको हो । संगै कोरियोग्राफी प्रदीप थारू, एरेन्ज गणेश चौधरीले गरेका थिए ।

उक्त म्युजिक भिडियो निर्देशक विकाश प्रसाईं ले निर्देशन गरेका थिए । निर्देशक विकास प्रसाईंले यसअघि युट्युबमा चर्चित भएका ‘चन्चले चन्चले’, ‘लजालु मायालु’, ‘फुलै फुल दिन्छौ की’, ‘टाढा भएपनि’ जस्ता थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरेका छन् । 

.