अर्पणको ‘प्रसाद २’को अभिनयको चर्चा

...

फागुन, काठमाडौँ । सुभाष थापा प्रस्तुत कर्ता रहेको चलचित्र ‘प्रसाद २’ आउने क्रममा छन् । अर्थात आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसैचलचित्रमा खलपात्रको रुपमा देखिने तयारीमा रहेका अर्पण थापाको अभिनयको चर्चा हुन थालेको छ । सार्वजनिक ट्रेलरबाट उनको अभिनयको चर्चा बढ्दै गएको छ । 

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको हो । चलचित्रलाई सामाजिक संजालमा वा हलमा हेरेका दर्शकले यो फिल्म प्रतिक्षित बनेको बताइरहेका छन् ।

arpan-thapa-actor.jpg

चलचित्रमा नायक विपिन कार्की र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । तर, यसपटक खलपात्रको रुपमा भित्रिएका अर्पण थापाको भूमिका, उनको अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ नयाँ चर्चा पाइरहेको छ ।

चलचित्रमा यदि उम्दा निर्देशक भएको खण्डमा अभिनय पनि उत्कृष्ट गर्ने अर्पणले ‘प्रसाद २’मा गरेको अभिनयले चर्चा पाइरहेको छ । अर्पण थापाको संवाद, उनको फरक शैलीको गेटअपले दर्शकलाई आकर्षित मात्र गरेको छैन, फिल्म हेर्ने रुची समेत बढाएको छ । चलचित्रमा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । अर्पणको एक गल्तीले विपिन र केकीको जीवन छिन्न भिन्न भएको कथा ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा अर्पणले अर्का उम्दा कलाकार विपिन कार्कीलाई कडा टक्कर दिएको देख्न सकिन्छ । सुशिल पौडेलको लेखनमा तयार भएको चलचित्रका निर्माता सुदर्शन बस्नेत हुन् ।