डा. शम्भुको गजल ‘पैसा खाउ’मा थानेश्वरको स्वर, भिडियो सार्वजनिक

...

फागुन, काठमाडौँ । डा. शम्भु कडेलको शब्द रहेको गजल गीत ‘पैसा खाउ’ सार्वजनिक गरिएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्याङ्ग्य गरिएको छ ।

थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ ।

भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा बिकास ज्ञावली र इश्र्वर बाबुको सम्पादन छ ।