पुस्तक सम्पादक लक्ष्मण र बिमल सम्मानित, पारस र रोयल पुरस्कृत

...

फागुन, काठमाडौँ । साहित्यिक पत्रकार संघले चार जना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अबवरमा गत साउनबाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सब मनाईँदै आएको छ । स्वर्ण महोत्सबको अबसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । 

संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरुमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन् । यस्तै पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर)मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।

तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पु¥याएको भन्दै त्रिभुवन विश्व विधालय किर्तीपुरका प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सब सम्पादन बिशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको हो । यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सब सम्पादन बिशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले बताए ।

puraskar pradhan-1.jpg

कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहेका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दाबढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १०० रुपैयाँ सहितको ‘सापस स्वर्ण महोत्सब सम्पादन पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको हो । यसैगरी एक दशक भन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सक्रिय रोयल आचार्यले एक दर्जन भन्दाबढी कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वर्ण महोत्सब सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको पनि संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताए । नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफुहरुले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी गराए । 

नेपाली कृतिहरुलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए । कृति सम्पादकहरु जहिले पनि छायाँमा पर्नेहुँदा उनीहरुको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रसँसानीय कार्य भएको राईको कथन थियो । 

सम्मानित ब्यक्तिहरु गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्धय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफुहरुको योगदान तथा भोगाईबारे कार्यक्रममा चर्चा गरे । यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावति सिंह, पूर्व अध्यक्षहरु बिश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत श्रष्टाहरुको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरुको लागि राम्रा काम गर्दै आएको बताए ।