कलाकार संघमा सबै नालायक छन्ः शोभित बस्नेत

...

फागुन, काठमाडौँ । अभिनेता तथा चलचित्र निर्देशक शोभित बस्नेतले चलचित्र कलाकार संघका अहिलेसम्मका कार्यसमितिहरु सबैलाई नालायक भनेका छन् । चलचित्र कलाकार संघको आउँदो चैत ४ गते १९ औं साधारण सभा तथा महाधिवेशन हुँदैछ । यसैछेकोमा कलाकार रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छिन् । उनले अध्यक्ष पदका लागी उम्मेदवारी घोषणा गरेकी छिन् । 

कलाकार उप्रेतीको प्यानल घोषणा कार्यक्रममा पुगेका कलाकार बस्नेतले संघमा अहिलेसम्म जतिपनि कार्यसमिति आए सबै नालायक रहेको र कसैले केहि काम नगरेको आरोप लगाए । उनले कलाकारको हकहितका लागी खुलेको संस्था भनेपछि कसैले केहि नगरेको भन्दै आक्रोश ब्यक्त गरेका थिए । उनले सन्चारकर्मिहरुसँग कुरागर्दै भने, ‘यहाँ कलाकार रेजिना उप्रेतीलाई समर्थन गर्न आएको हुँ । उहाँको प्यानललाई नै हैन । मैले उहाँको प्यानलमा रहेका चारजना भन्दा अरु कसैलाई चिन्दिन तर रेजिना आउनुपर्छ भन्ने हो । संस्थाका लागी काम गर्ने मान्छे आउनुपर्छ । अहिले संस्थामा रहेका सबै नालायक छन् ।’

nepal-film-artist-association.jpg

रेजिना उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल बैरागी र सरिता गिरी छन् । महासचिव उम्मेदवारमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई छन् । सदस्यको उम्मेदवारमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल छन् ।

उप्रेतीको प्यानलले घोषणा गरेको एजेण्डामा कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अंकित डिजिटल कार्ड वितरण गर्ने, संघको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा लगायतका एजेण्डा छन् । उक्त प्यानल घोषणामा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गी लगायत उपस्थित थिए ।