‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्तः वर्षा सिवाकोटीको सरप्राइज भूमिका

...

चैत, काठमाडौँ । नयाँ चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्त गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने यो चलचित्रको शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त समारोहमा निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।

शुभमुहूर्तमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, सिपी पुडासैनी थिए । चलचित्रमा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक दीपेन्द्र के खनालले चलचित्रमा वर्षा ‘सरप्राइज’ रहेको बताए । शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन् ।

pashupati prasad 2 movie1.jpg

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

pashupati prasad 2 movie2.jpg

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ । चैत १० गतेबाट सुरु हुने चलचित्रको छायांकन तालिका ३० दिनको राखिएको छ ।