वर्षा र जीवनको यादको कुरा ‘हरपल’मा (भिडिओ)

...

चैत, काठमाडौँ । नायिका वर्षा सिवाकोटी र मोडल जीवन आचार्यको अभिनयमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएको देखाइएको छ ।

अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ । गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन् ।