‘प्रसाद २’को ‘मार्सी धान’ मा केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

...

चैत, काठमाडौँ । चैतको २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘प्रसाद २’मा समावेश ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।

लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।

चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा चलचित्र बनाएका छन् ।

सुदर्शन बस्नेतको लगानीमा बनेको चलचित्रको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।