सिक्वेल निर्माणको तयारीमा ‘सिम्पल सिम्पल कान्छी’ टिम

...

चैत, काठमाडौँ । आजभन्दा १४ बर्ष अघि प्रदर्शन भएको नेपाली चलचित्र ‘अन्जाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल निर्माणको तयारी भएको छ ।  शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको ‘सिम्पल सिम्पल कान्छीको’को गीतमा बसन्त सापकोटाले संगीत गरेका थिए भने दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वर रहेको छ । 

गीतकार शंकरले उक्त गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको जानकारी दिएका छन् । बिहीवार मात्रै रेकर्ड भएको गीतका शब्द शंकरले कोरेका हुन् भने संगीत र एरेन्ज बाबुल गिरीको छ । दिपक लिम्बु र नित्याशिवाको स्वरमा यो गीत रेकर्ड भएको छ । ​

शंकरको शब्द, बाबुलको संगीत र स्वर रहेको फिल्मी गीत ‘सिरुपाते जुँगामा’ यतिबेला चर्चामा छ । उक्त गीत हिट भएसँगै उनीहरूबीच पुनस् साङ्गीतिक सहकार्य भएको हो । सिम्पल सिम्पल कान्छीको’को सिक्वेल गीत फिल्ममा भने समावेश नहुने गीतकार शंकरले बताए ।

‘फिल्मका लागि मानिएको त छ । तर यो गीत एल्बमका लागि भनेर रेकर्ड गरेका हौं’ उनले भने, ‘गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गर्नेछ ।’