भावनाको ‘उडी उडी आ सुवा’मा शिल्पा र चक्राको नृत्य

...

चैत, काठमाडौँ । गायिका भावना आचार्यले नयाँ गीत लिएर आएकी छिन् । गीतमा भावनासँगै गायक बिरेन्द्र श्रेष्ठको स्वर रहेको छ । ‘उडी उडी आ सुवा’ बोलको गीतमा स्वरमा भावनालाई चेतना बिकले साथ दिएकी छिन् । गीतको शब्द बिकल तिरुवाले लेखेका हुन् भने ध्रुव विश्कोको संगीत रहेको छ । गीतमा संगीत संयोजन नरेन्द्र बियोगी र किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गीतको भिडियोमा भने नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ । राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिगं मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

गायिका भावनाका यसअघिका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने लगायतका गीतहरु हिट छन् ।किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको छ ।