अर्जुन र लिना ‘एउटा फूल’मा आएको सकारात्मक प्रतिक्रियाले खुसी

...

जेठ, काठमाडौँ । केहिदिन अघिमात्रै सार्वजनिक ‘एउटा फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकलयमा निर्माण गरिएको गीतमा गायक अर्जुन गैरे र गायिका लिना पुन मगरको स्वर रहेको छ । सुरेश राना मगरको शब्द तथा संगीत रहेको यस गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

बिजय पुनको युट्युव च्यानलमा अपलोड गरिएको भिडियोमा आइरहेको प्रतिक्रियाले गायक अर्जुन गैरे खुसी छन् । उनले थोरै प्रतिक्रिया तर राम्रो प्रतिक्रिया आइरहेको भन्दै खुसी साटेका छन् । गायक गैरे भन्छन्, गीतको अडियो र भिडियोलाई लिएर निकै राम्रो प्रतिक्रिया आइरहेको छ । कत्तिले सामाजिक सन्जालबाट त कतिले भेटेरै प्रतिक्रिया दिनुभएको छ । निकै खुसी छौं । 

गायिका लिनाको प्रस्तुती रहेको यो गीतको भिडियोमा बिजय पुन, मनिषा लामा, अर्जुन गैरे, हिमा थापा लगायतको अभिनय रहेको छ । करण चैसिरले खिचेको भिडियो नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।