चलचित्र ‘एक भगवत् गीता’को टिजर सार्वजनिक

...

असार, काठमाडौँ । नेपाली चलचित्र  ‘एक भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिका रहेको छ । चलचित्रमा झरना थापाको निर्देशन रहेको छ । 

साथै चलचित्रमा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय रहेको छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठकोब्याकग्राउण्ड स्कोर छ ।