प्रचारमा ‘जय हो’, कलेजका बिद्यार्थीलाई भेट्न पुगे सलोन, केकी र सुमिन

...

साउन, काठमाडौँ । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ नेपाली चलचित्र जय हो । यो चलचित्रमा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसैबिच यो चलचित्रको टिमले यतिबेला प्रचारको कामलाई अगाडी बढाएको छ । केही दिनमा चलचित्र रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका अभिनेता सलोन बस्नेत विभिन्न मिडियालाई अन्तरवार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर चलचित्रको प्रचार गरिरहेका छन् । 

यसैबीच आइतबार सलोन अभिनेत्री केकी अधिकारी र चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक बर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा चलचित्रको टिम पुगेको हो ।

अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफुले आजसम्म अभिनय गरेका चलचित्र संवाद बोलर दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले विद्याथीमाझ गीतसमेत गाएका थिए । यस्तै अभिनेत्री केकी अधिकारीले पनि चलचित्रको बारेमा जानकारी दिँदै आगामी भदौ ८ गते रिलिज हुने चलचित्र हेरिदिन आग्रह गरेकी थिइन् । 

jaya-ho-nepali-movie (2).jpg

शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन र केकीका अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह सम्पादन, समीर मियाँको भिएफएक्स रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।