केकी अधिकारीलाई प्रश्न- श्रीमानलाई सुटिङमा लैजानुहुन्छ ? (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । नायिका केकी अधिकारीको रोहित तिवारीसँग बिहे भइसक्यो । उनका श्रीमान सुटिङमा जान्छन् होला ? आफ्नी श्रीमती अर्कै नायकको अंगालोमा भएको हेर्न सक्छन् होला ? अंगालो मात्र होइन्, एउटै बेडमा बसेको, चुम्बन गरेको दृश्य आँखै अगाडी हेर्न सक्छन् होला । यस्ता जिज्ञाशा आम दर्शकको मनमा पक्कै आउँछ । केकी अधिकारीले श्रीमानलाई सुटिंगमा लिएर जान्छिन् कि नाई ? आज हामीले उनलाई प्रश्न गरेका छौं ।

अहिले साउनमा मलमास बारेको भन्दै यो बेलाका लागी गलत प्रश्न भनिदिइन् । उनले अहिलेसम्म आफ्नो श्रीमानलाई कुनै चलचित्रको सुटिङमा लगेकी छैनन् । तपाईलाइ लाग्न सक्छ, आफ्नी श्रीमतीलाई अन्य नायकको अंगालो हालेको हेर्नुपर्छ । चुम्बन गरेको हेर्नुपर्छ, त्यो दृश्य आँखै अगाडी हेर्न त गाह्रै पर्ला । तर यो त कलाकारको काम हो ।

KEKI.jpg

प्राय नायिकाहरुले आफ्नो श्रीमानलाई सुटिङमा लैजादैनन् । सायद यिनै कुराहरुमा अप्ठ्यारो लाग्ने भएर होला । यहि भदौ ८ गतेबाट रिलिजमा आउने तयारीमा रहेको जय हो चलचित्रमा पनि केकी अधिकारी सलोन बस्नेतको अंगालोमा बाँधिएकी छिन् । त्यतिमात्र होइन । उनीहरु एउटै बेडमा छन् । सलोनलाई केकीले गालामा चुम्बन गरिदिएकी छिन् । यो चलचित्र हेर्न भदौ ८ मा हलमा जानुहोला । अहिलेका लागी केकी र सलोनले यस्तै रमाइला प्रश्नमा उत्तर के दिन्छनु सुनौँ ।
भिडिओ रिपोर्टः