अष्ट्रेलिया प्रचार सकेर नेपाल फर्किए सलोन

...

साउन, काठमाडौँ । अभिनेता सलोन बस्नेत चलचित्र जय शोको प्रचार सकेर अस्ट्रेलियाबाट नेपाल फर्किएका छन् । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा हुने तयारीमा रहेको यो चलचित्रको टिमले नेपालमा पनि प्रचारलाई तिब्र बनाइरहेको छ । शुक्रबार नेपाल फर्किएका सलोन अब प्रदर्शन मितिसम्म नेपालका बिभिन्न ठाउँमा प्रचारमा ब्यस्त हुनेछन् ।

चलचित्र अष्ट्रेलियाका ४० ओटा हलमा एकसाथ रिलिज हुनेछ । त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा फिल्मको व्यानर समेत राखेका छन् । उनी अष्ट्रेलियाका विभिन्न शहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई फिल्मको बारेमा जनाकारी दिएका छन् । त्यहाँ फिल्म हेर्न दर्शक निकै प्रतिक्षारत रहेको पाएको अभिनेता बस्नेतले बताए ।

टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेडमा समीर खान । निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छ्न  ।