राजेश हमालको पुरानो घर भत्काइयो, नयाँ घरमा सर्दै (भिडिओ रिपोर्ट)

...

भदौ, काठमाडौं । अभिनेता राजेश हमालको कपुरधारास्थित पुरानो घर भत्काइएको छ । नयाँ घरमा सर्ने तयारीका साथ हमालले घर भत्काएका हुन् । कपुरधारामा रहेको घरमा उनी बर्षौदेखी बस्दै आएका थिए । हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगेका थिए ।

हमाल नेपाली चलचित्र क्षेत्रमा हिट नहुँदै र हिट भइसकेपछि आजको दिनसम्म पनि उनी त्यहि घरमा थिए । तर अहिले त्यो घर नै छैन । त्यो घर भत्काइएको छ । राजेश हमालले कुनै समस्या आएर घर भत्काएका भने होइनन् । उनी अझ ठुलो र फराकिलो ठाउँमा नयाँ घर बनाएर सर्ने तयारीमा छन् ।

अब उनी बुढानीलकण्ठमा नयाँ घर बनाएर सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा हमालको नयाँ घर निर्माण भइरहेको छ । एक रोपनी क्षेत्रफलमा हमालको नयाँ बंगलाको निर्माण कार्य धमाधम चलिरहेको छ । बुझिए अनुसार निकै आर्कषक र फरक डिजाइनमा घर बन्दैछ । कतिपयले त नेपालकै लागी निकै फरक नयाँ शैलीको घर हुनेछ पनि भनिरहेका छन् । अहिले हमाल दम्पती चार महिनादेखी कोलोनी नजिकैको एक घर भाडामा लिएर बसिरहेका छन् । 

rajesh-hamal-house.jpg

हमालले कपुरधाराको जग्गा भने बेचेका छैनन् । उनले घर भत्काएका मात्रै हुन् । घर भत्काउनुको कारण घर पुरानो भएको बताइएको छ । उनका सहयोगीले आर्टिष्ट खबरलाई दिएको जानकारी अनुसार कपुरधारमा फेरी अर्को घर बन्नेछ । बुढानिलकण्ठको घरको काम सकिएलगतै कपुरधारामा घरको निर्माणको काम सुरु हुनेछ । यस्तै हमालको पुरानो घर नवलपरासी पुर्व (नवलपुर(मा पनि रहेको छ ।

काठमाडौंका दुईघरको काम सकिएलगतै उनी नवलपुरको पुरानो घरलाई नयाँ स्वरुप दिने तयारीमा छन् । अहिले नवलपुर जाँदा होटलमा बस्ने गरेका हमाल उक्त पुरानो घरलाई नयाँ स्वरुप दिएपछि जाँदा आउँदा आफ्नै घरमा बस्नेछन् ।

यतिबेला हमाल लण्डनमा घुमिरहेका छन् । यता उनको नयाँ घर बनिरहेको छ । हमाल दम्पत्तिले अबको जीवन नयाँ ढंगबाट अगाडी बढाउने तयारीमा छन् । 

Video Report: