आमा बन्ने तयारीमा रेखा थापा, गर्भवती अवस्थामै चलचित्र सुटिङ गर्दै

...

असोज, काठमाडौं । अभिनेत्री रेखा थापा गर्भवती अवस्थामै चलचित्र सुटिङ गरिरहेकी छिन्। 

२०७८ सालमा विवाह गरेकी रेखाले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । 

चिकित्सकले उनलाई आमा बन्ने समय माघ अन्तिम देखि फागुनको पहिलो साता तय गरेका छन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ । गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन चलचित्र ‘उपहार’को छायांकन धमाधम गरिरहेकी हुन् । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको चलचित्र ‘उपहार’मा उनको मुख्य भूमिका छ।

चलचित्रमा दुई दृश्यमा रेखाको एक्सन र एउटा गीतसमेत रहेको छ। जसको छायांकन उनले गर्भवती अवस्थामै सकाएकी छन् । चलचित्र रिलिज वैशाखमा गर्ने जनाइएको छ । शिशुको जन्म र चलचित्र रिलिज सँगै हुने भएपछि रेखा निकै खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् । 

रेखाले मंगलवार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै लेखेकी छन्  ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ ।’