‘दुई कदम’को  ‘ये मेरा बाबै नि’को छायांकन, भिडिओमा वर्षा सिवोकाटी र इओन

...

मंसिर, काठमाडौँ । मंसीर २९ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र  ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यता गीतको छायांकन गरिएको हो ।

गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा चलचित्रका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छिन् । चलचित्रमा यही गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।

उदय सुब्बा निर्देशित चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।