चलचित्रकर्मिहरुले धमाधम बनाउन थाले काभ्रेमा अस्थायी घर

...

जेठ, काठमाडौं ।  कलाकारहरुले बिभिन्न तबरबाट सहयोग गरीरहने क्रममा चलचित्रकर्मिहरुले काभ्रेमा हामी सबैका लागि’ भन्ने अभियानका साथ अस्थायी घर बनाउने अभियान थालेको छन् । उनीहरुले काभ्रेको रामपुर डाँडामा ४० अस्थायी घर बनाउने भएका हुन् । सो कार्य आजै बाट सुरु भएको छ ।

Nepali artists in we for all
अभियानका सदस्य निर्देशक सुरेश दर्पण पोख्रेल ले दिएको जानकारी अनुसार रामपुर गाउँमा ४० घर पुर्ण रुपमा क्षति परेको कारण ४० अस्थायी घर बनाउन लागिएको हो । यो अभियानका लागि चलचित्रकर्मिहरुले रकम समेत उठाएका छन् ।

Nepali artists in we for all

अहिलेसम्म बिभिन्न चलचित्रकर्मिहरुबाट सात लाख उठ्ने हिसाब आएको र तिन लाख उठिसकेको बाँकी चार लाख उठ्न बाँकी रहेको आर्टिस्ट खबरलाई जानकारी आएको छ । जसमा अहिलेसम्म राहत बितरणमा खासै नदेखिएका नव नायक अनमोल के.सीले पनि ६१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै अर्का नायक जीवन लुईटेलले ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

Nepali artists in we for all

यो अभियानमा आजबाट काभ्रेको रामपुर डाँडामा नायक जिवन लुइटेल, अनमोल केसी, दीलिप रायमाझी, नायिका केकी अधिकारी, वेनिशा हमाल, सुरक्षा पन्त, बर्षा सिवाकोटी, निर्देशक सुरेश दर्पण पोख्रेलसहित करिब २० जनाको टोली घर बनाउन लागि परीरहेको छ ।

Nepali artists in we for all

Nepali artists in we for all

Nepali actor