‘तिम्रो मायाको सागर’मा बिमल र करुणाको प्रेमील जोडी

...

चैत, काठमाडौँ । नयाँ गीत ‘तिम्रो मायाको सागर’ सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट सार्वजनिक उक्त गीतमा नेपाल सरकारकी सहसचिव मनमाया भट्टराई पङ्गेनीको स्वर रहेको छ । जसमा मनमायालाई कमल सौरागले स्वरमा साथ दिएका छन् । गीतमा शब्द र संगीत पनि मनमायाकै रहेको छ । गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको भिडिओ सुन्दर बनाइएको छ । मुस्ताङ, पोखरा लगायतका रमणीय स्थानमा भिडिओ छायांकन गरिएको छ । भिडिओमा लोकप्रिय मोडल बिमल अधिकारीसँगै करुणा कार्कीको जोडीलाई देख्न सकिन्छ । सयौं भिडिओमा अभिनय गरिसकेका बिमल र नवमोडल करुणाको जोडी सुहाएको देखिन्छ । भिडिओको निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन राजेश घिमिरेले गरेका हुन् ।