जेठ, काठमाडौं । निर्देशक शोभित बस्नेतका बाबु कर्णमान सिंहको ९२ बर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार राति ८ बजे निधन भएको हो । निर्देशक बस्नेतले शुक्रबार रातिनै आफ्नो बाबुलाई दागबत्ती दिनुभयो । सँगे थुप्रै चलचित्रकर्मिहरुको आर्यघाटमा उपस्थिती रहेको थियो ।
शोभितका पिताले जम्मा ३३ वटी श्रीमती भित्राएका थिए जसमध्ये ३२ वटी श्रीमतीले शोभितका पिता कर्णमानलाई लाई छाडेका थिए। शोभित ३२ औं नम्बरकी श्रीमती चम्पा सिंहको छोरा हुनुहुन्छ । अहिले शोभित काजकिरियाका लागि आफ्नै निवास थानकोटमा रहनुभएको छ ।