ढाडे बिरालो र साँढे गोरुका गायक प्रकाश कटुवालको अर्को फरक गीत ‘टोलै रमाइलो’ (भिडियो)

...

चैत, काठमाडौं । समय र परिस्थित हेरेर दर्शक तथा स्रोताको चाहाना अनुरुपका गीत निकाल्दै आएका गायक प्रकाश कटुवालले फेरी अर्को एक गीत निकालेका छन् । पछिल्लो समय उनका गीतहरु चर्चित तर केही बिवादीत हुँदै आएका थिए तर यस पटक भने उनले ‘टोलै रमाइलो’ बोलको रमाइलो गीत बजारमा ल्याएका छन् ।

new music video of prakash katuwal - tolai ramailo nepali lok songगाउँको परिवेशलाई समेटेर बनाइएको यस गीतमा गाउँमा लाहुरे आउँदा के हुन्छ र कस्तो परिवेश बन्छ भन्ने कुरा देखाइएको छ । गीतको बिचबिचमा हाँस्य डाइलगहरु पनि मिसाइएको छ जसले गर्दा गीतको भिडियो अझ रोचक बनेको देखिन्छ । गीतमा गायक प्रकाश कटुवालको साथमा गायिका मिरा गिरीको स्वर रहेको छ ।

सयौं म्युजीक भिडियो निर्देशन गरीसकेका चर्चित निर्देशक शंकर बिसीले यस भिडियोलाई निर्देशन गरेका हुन् । गीतमा लय शब्द गायक स्वयमः कटुवालकै रहेको छ । भिडियोमा निर्मली, खेम र राजुको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

गायक कटुवालले यस भन्दा अघि ‘साढे गोरु नामक एक लोक गीत बजारमा ल्याएका थिए । जुन अहिले युट्युवमा चर्चित छ ।