चैत, काठमाडौं । हाँस्य कलाकारहरुको लगानी रहेको तेश्रो चलचित्र ‘६क्का पञ्जा’को छाँयाकन आजदेखि सुरु भएको छ । भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजा गरेर छाँयाकन सुरु गरिएको हो ।
करिब एक महिनामा सक्ने तयारीका साथ छाँयाकन सुरु गरिएको ६क्का पञ्जालाई दिपाश्री निरौलाले निर्देशन गर्दै छिन् । करिब डेढ दशक लामो अनुभवलाई ६क्का पञ्जामा आफुले सक्दो प्रयोग गर्ने उनले बताएकी छिन् ।
फिल्मको साथमा हाँस्य टेलिश्रृंखला निर्माण तथा निर्देशन गरेर खारीएका कलाकारहरु पनि सँगै रहेकाले ६क्का पञ्जा उत्कृष्ट चलचित्र बन्ने उनको जिकीर छ । करिब एक महिनामा ६क्का पञ्जाको छाँयाकन सकिने निर्देशक निरौलाले बताएकी छिन् ।
चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), केदार घिमीरे (माग्ने बुढा), शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, वर्षा राउत, नम्रता सपकोटा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छाँयाकन सुरु गर्दाका तस्वीरहरु यस्ता छन् ।