नेपाली म्युजिकल पोईट्री ‘कालो प्रकाश’ जेठ १० मा सार्वजनिक हुने

...

जेठ, काठमाडौँ । कलाकारको जीवन संघर्षलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको नेपाली म्युजिकल पोईट्री ‘कालो प्रकाश’ सार्वजनिक हुने भएको छ । बिषम आचार्यको संगीतमा निर्माण हुन लागेको पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गर्दैछन् ।

 ‘कालो प्रकाश’ मा कलाकारितामा बिहानीपख सुर्यको किरण उदाए जसरी अनवरत संघर्ष सहित उदाईरहेका कलाकार बिराज बास्कोटा मुख्य भुमिका सहित प्रस्तुत हुनेछन् । उनी बिगत लामो समयदेखि कहिले थियटर नाटक, कहिले टेलिसिरियल त कहिले म्युजिक भिडियोमा आफ्नो अभिनय मार्फत दर्शकको मन लोभ्याउदै आईरहेका उनको म्युजिकल पोईट्रीमा भने यो पहिलो प्रयास हो । जसमा आफू उत्कृष्ट ढंगले प्रस्त्तुत हुने सोचका साथ प्रयत्न गरिरहेको उनी बताउछन् ।

बिराज संगै कलाकार उत्तम के.सि नेपाल, रश्मि पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको समेत अभिनय रहनेछ । भिडियोको छायांकन योगेश दाहालले गर्नेछन भने श्रृङ्गार बिक्रम गौतमको रहनेछ ।

लेखक तथा निर्देशक राज शेर्मा भन्छन, ‘यदि कोहि मानिस इन्जिनियर अध्ययन गर्दैछ भने उ भोलिको इन्जिनियर हो जुन निस्चय छ । यदि कोहि डाक्टर बन्ने तयारीमा अध्ययन गर्दैछ भने उ भोलिको डाक्टरनै हो तर कलाकारहरुको भबिस्य भन्न सकिदैन । उ भोलि बल्न नि सक्छ नबली निभेर जान पनि सक्छ अर्थात सफलता र असफलताको कुनै निश्चित हुँदैन ।

सफल भए त ठिकै छ यदि भएन भने अनि उसले गरेको संघर्ष, गुमाएका समय, अनि जिम्मेवारीहरु ? हो यस्तैयस्ता कुरा  ूकालो प्रकाशू मा चित्रण गर्न खोजिएको छ ।’ आगामी जेठ १० गते बुद्ध जयन्ती साथै उभौली पर्वको अवसर पारेर ‘कालो प्रकाश’ को प्रदर्शन गरिने निर्देशक शेर्माले बताए ।