गीतकार चाम्लिङलाई गीतकार संघले गर्यो सहयोगको अपिल

...

जेठ, काठमाडौं । क्यान्सर पिडित गीतकार टीका चाम्लिङको उपचारका लागी गीतकार संघ नेपालले आर्थिक सहयोगका लागी अपिल गरेको छ । पछिल्लो एक महिनादेखी क्यान्सर रोगसँग लडिरहेका गीतकार प्राज्ञ चाम्लिङको आर्थिक स्थिती कमजोर भएकाले सहयोगको अपिल गरिएको हो । 

गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार अहिले चाम्लिङले नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार गराइरहेका छन् । अध्यक्ष थापाले उपचारका लागी रकम यति नै चाहिन्छ भन्ने एकिन नभएकाले सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह समेत गरे । साथै गीतकार संघद्धारा जारी अपिल पत्रमा पनि ठुलो धनराशी खर्च भइसकेको र अझै खर्चको अभाव हुने भएकाले स्वदेश तथा बिदेशमा रहने सम्पुर्णका लागी सहयोगको अपिल गरिएको उल्लेख छ ।

git-kar-sangh.jfif

साथै संघले नगद रु. २५ हजार सहयोग गरेको छ । सहयोग गर्न चाहनेहरुका लागी गीतकार संघ नेपालको एभरेस्ट बैंकमा रहेको ००१००१०५२००८४७ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

चाम्लिङ बिगत तीनदशकदेखी गीत लेखनमा सक्रिए छन् । उनले अहिलेसम्म चारसय बढी गीत लेखिसकेका छन् ।