प्रतिभाशाली कलाकार सागर बिरहीले ल्याए रमाइलो गीत ‘के देखेर होला’ (भिडियो)

...

चैत, काठमाडौं ।  नेपाली गीत संगीतको क्षेत्रका पुराना र प्रतिभाशाली कलाकार सागर बिरहीले एक रमाइलो गीत बजारमा ल्याएका छन् । गीत संगीतको क्षेत्रमा ६ सय भन्दा बढी गीतहरुमा संगीत गरीसकेका बिहरीले आफ्नै स्वरमा रहेको मुस्कान घिमिरेको ‘के देखेर होला’ बोलको लोकगीत बजारमा ल्याएका हुन् ।
singer sagar birahi and muskan ghimire new song

मायाप्रेमको बिषयलाई उठाइएको यसगीतमा सागरको साथमा मुस्कान घिमिरेको स्वर रहेको छ । गीतमा आफुले मन पराउने मान्छे पछि लागेको र के देखेर पछि लागेको होला भन्ने कुराहरु जोडिएको छ । गीतमा लय शब्द र एरेन्ज पनि सागर बिरहीकै रहेको छ ।

muskan ghimire - singerगीत संगीतको दुनियामा लामो समयदेखी संघर्षरत र धेरै चर्चित गीतहरु बजारमा ल्याइसकेका सागरले यस गीत केहि लामोसमय पछिनै दर्शक तथा स्रोता माझ ल्याएका हुन् । गीतको भिडियो पनि रमाइलो बनेको देख्न सकिन्छ । भिडियोमा बब्बु थापा र रस्मी तामांगको अभिनय रहेको छ । साथमा दुर्गा र मुस्कानले अभिनयमा साथ दिएका छन् ।

गायक तथा संगीतकार सागर बिरहीसँग आर्टिस्ट खबरले गरेको कुराकानीमा नेपाली गीतसंगीतका क्षेत्रमा नेपाली दर्शक तथा स्रोताले चाहेको गीत बजारमा ल्याएको बताए । “पछिल्लो समय युट्युव केन्द्रित भिडियो भन्दा पनि दर्शक तथा स्रोताले साच्चैनै कस्तो प्रकारको गीत मन पराउँछन् त्यसलाई सर्जकले बुझ्नु जरुरी हुन्छ, यो गीतलाई मेरा प्रिय स्रोता तथा दर्शकले मन पराउनु हुनेछ म बिश्वस्त छु”, सागरले भने ।
गीतलाई संगम डिजिटलले बजारमा ल्याएको हो ।