घिन लाग्दो राजनिति गरेको भन्दै संगीतकर्मि संघका ब.उपाध्यक्षको राजिनामाको माग

...

चैत, काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आएको संस्था ‘राष्ट्रिय संगीतकर्मि संघ’ भित्र यतिखेर कलाकारहरु बिच नै वार चलिरहेको छ । संघभित्रकै पदाधिकारीहरुको कुरा नमिल्दा संघमा माथिल्लो तहमै रहेका कलाकारहरुको राजीनामा समेत माग भइरहेको छ ।

तिन महिना अघिमात्र संघको तेस्रो महाधिवेसनबाट चुनिएका बरिष्ठ उपाध्यक्ष नवराज ढुंगानाको राजीनामाको समेत माग भएको छ । संघका उपाध्यक्ष गायक प्रकाश कटुवालले आफ्नो फेसबुकमा स्टाटस लेख्दै गैर कलाकार भएर पनि संघमा आएर घिन लाग्दो राजनिति गरेको भन्दै राजिनामाको माग गरेका छन् । साथै उनले आफ्नो मात्र यस्तो माग नभएर संघका पचास प्रतिशत सदस्यहरुको पनि माग भएको बताएका छन् ।
sangeet karmi sangh - 3rd adhibesan 3गायक कटुवालसँग आर्टिस्ट खबरले गरेको कुराकानीमा संस्थामा बसेर एकलौटी निर्णय गरेको भन्दै आक्रोसित देखिन्थे । “ढुंगाना जीले संस्थामा हुने निर्णय एकलौटी गर्नुभएको छ । बिधानमा नभएको ठाउँमा कार्यालय सार्नुभयो जहाँ की संस्थामा आवद्ध भएका अन्य साथीहरुलाई थाहै छैन”, गायक कटुवालले भने ।

राजिनामा दिनुस्
संस्थाका उपाध्यक्ष प्रकाश कटुवालले ब.उपाध्यक्ष नवराज ढुंगानाको राजीनामा मागेसँगै हामीले संस्थाका कोषाध्यक्ष रमेश दुलालसँग कुरागर्दा उनले भने गैर कलाकार संस्थामा छिरेर संस्था बिगार्न खोजेको आरोप लगाए । साथै संस्थाकी सदस्य सर्मिला श्रेष्ठले पनि संस्थामा एक किसिमको अशान्ति मच्चीएको बताइन् ।

nabaraj ghorasaini and nabaraj dhunganaके भन्छन् ब.उपाध्यक्ष ढुंगाना ?
संस्थाका ब.उपाध्यक्ष नवराज ढुंगानासँग आर्टिस्ट खबरले गरेको कुराकानीमा आफुलाई आरोप लगाइएको बताए । गैर कलाकार भनेको मा आफुले आपत्ति जनाउँदै ढुंगानाले आफ्ना गीतहरु नाम लिए । साथै संस्थामा एकलौटी निर्णय गरेको कुरा सरासर गलत भएको र सबै निर्णय माइनटकै आधारमा भएको बताए । “संस्थामा बसिसकेपछि एकलौटी निर्णय गर्न मिल्दैन, मैले सबैको निर्णयमै काम गरेको छु, संस्थालाई माथि उठाउन खोज्दा संस्थाकै साथीहरुले खुट्टा तान्नु हुन्छ अचम्म लाग्छ । म संस्थामा केहि दिन आएको हु, तर केही साथीहरु संस्थामा आएर केही लिन चाहानुभएको छ”, ढुंगानाले भने ।

साथै उपाध्यक्ष कटुवालेको स्टाटसलाई आधार मान्नेहो भने संस्थाका अध्यक्ष नवराज घोरासैनी पनि एक बोटल रक्सी खुवाएको भरमा बिकेको बताएका छन् । यसभन्दा अघि पनि बिभिन्न अनलाइन मिडियामा अध्यक्ष घोरासैनीले रक्सी खाएर स्टेज चढेको भन्ने सामाचार बाहिरीएको थियो ।
rastriya sangit karmi sangh राष्ट्रिय संगितकर्मि संघउपाध्यक्ष प्रकाश कटुवालले संस्थाका ब.उपाध्यक्ष र महासचिव श्याम धिताल गैर कलाकार भएको र संस्था बिगार्न खोजेको भन्दै आरोप लगाएका छन् । यसका साथै उनले केन्द्र बाहेक बाहिर जिल्लामा रहेका संस्थाका साथीहरुलाई पनि अहिलेको पदाधिकारी चयन ठिक नभएको बताएका छन् । उनले तेस्रो महाधिवेसनबाट चयन भएका अध्यक्ष नवराज घोरासैनीले ६ महिनासम्म पनि संस्थामा कुनै काम गर्न नसकेको भन्दै यसभन्दा अघिका बरिस्ठ गायक रेशम थापाकै अध्यक्षतामा महासचिव राजेन्द्र कार्किकै कमेटी चाहेको बताएका छन् ।

कटुवालले रेशम थापाकै अध्यक्षतामा कमिटी हुनुपर्नेमा संस्थाका बिभिन्न पदाधिकारीहरुको नाम लिएका छन् । जीवन परियार , श्रीदेवी देवकोटा, सर्मिला श्रेष्ठ,  मिलन श्रेष्ठ, डिनेश डाँगी, सुन्दर बिरही पाख्रीन, श्रीकृष्ण दाहाल, सुर्य श्रेष्ठ, नारायण सापकोटा लगायतको नाम उल्लेख गरेका छन् ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई ।